तत्कालीन सरकारका कमीकमजोरीले सहकारी समस्या उब्जियो, तर वर्तमान सरकार पन्छिँदैन: मन्त्री प्रतिभा
barnanmedia.com · Tue Oct 27 06:13:55 GMT 2026

चितवन — जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा आयोजित सहकारी पीडितहरूको गुनासो सुनुवाइ कार्यक्रममा ८४ वर्षीय वृद्ध विष्णुप्रसाद सापकोटाले आफ्नो जीवनभरको कमाइ गुमाएको पीडा सुनाउँदा भावविह्वल बनेका छन्।
प्राध्यापन पेसाबाट निवृत्त सापकोटाले आफ्नो व्यावसायिक घर चार करोड रुपैयाँमा बिक्री गरी परिवारकोसमेत गरेर जम्मा तीन करोड ५० लाख रुपैयाँ शिवशिखर सहकारीमा राखेका थिए, तर सहकारीले हालसम्म उक्त रकम फिर्ता नदिएपछि बुढेसकालमा बिचल्लीमा परेको दुखेसो पोखे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)