साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा
gorkhapatraonline.com · Sun Dec 04 17:34:43 GMT 2022
काठमाडौं, मंसिर १८ गते । केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किएपछि साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अल थुमामा स्टेडियममा आइतबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलले हरायो । फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले दुई गोल गर्नुभयो । ओलिभर गिरोडले एक गोल गर्नुभयो । पोल्यान्डमा रोबर्ट लेवान्डोस्सीले सान्त्वना गोल गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)