आइपिएलमा दिल्लीको दोस्रो जित, लखनउलाई ६ विकेटले हरायो
farakdhar.com · Fri Apr 12 17:46:47 UTC 2024
दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दोस्रो जित निकालेको छ । दिल्लीले दोस्रो जित दर्ता गर्नेक्रममा शुक्रबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।
आफ््नो छैटौँ खेलमा लखनउले दिएको १ सय ६८ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि जेक फ्रेजर–म्याकगुर्कले अर्धशतकीय इनिङ खेले । ३५ बलको सामना गरेका उनले पाँच छक्का र दुई चौकाको मद्दतमा ५५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)