सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन सरकारले दिने भयो साढे ३ करोड अनुदान
setopati.com · Tue Oct 27 06:47:00 GMT 2026

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)