मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ मेयरले जोगाउलान् विराटनगरको पहिचान ?

ekantipur.com · Fri Apr 29 00:56:28 GMT 2022

विराटनगर — इतिहासमा विराटनगरलाई सम्झने दुई चिज छन्– आधुनिक औद्योगिकीकरण र राजनीतिक जागरणको केन्द्र । कृष्णप्रसाद कोइरालाले रोपेको राजनीतिक जागरण आन्दोलनलाई उनका छोराहरूले जीवनकालभर मर्न दिएनन् । बीपी, गिरिजा र मातृकाप्रसाद यही भूमिबाट प्रधानमन्त्री भए । विराटनगरले मनमोहन अधिकारी र नगेन्द्रप्रसाद रिजालसमेत पाँच प्रधानमन्त्री जन्माइसकेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा यतिबेला इतिहास सम्झाउने मुद्दा उठेका छैनन् बरु जसरी पनि चुनाव जित्ने ध्याउन्नमा छन् दलहरू । एकातिर कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धन छ भने अर्कोतर्फ एमाले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा नेपाल र परिवार दलसहितको तालमेल । दुवै गठबन्धनतिर असन्तुष्टहरूको समूह पनि उत्तिकै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)