नयाँदिल्ली छोडेर मुम्बई किन पुगे अमेरिकी विदेशमन्त्री ?
lokaantar.com

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको पछिल्लो भारत भ्रमणले कूटनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ। विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रहेको भारतको जामनगर र आर्थिक राजधानी मुम्बईको भ्रमण गरी कूटनीतिक राजधानी नयाँदिल्लीलाई पूर्ण रूपमा पन्छ्याउनुले दुई देशबीचको सम्बन्धमा आएको नयाँ फेरबदललाई प्रष्ट्याएको साथ चाइना मोरनिङ पोस्टले जनाएको छ । व्यापक नीतिगत फाटो र भिसासम्बन्धी तनावबीच ऊर्जा सहकार्यलाई द्विपक्षीय सम्बन्धको मुख्य आधार बनाउन यो भ्रमण केन्द्रित रहेको विश्लेषकहरूले बताएको समाचारमा उल्लेख छ ।
मुम्बईमा भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटघाट गर्दै रुबियोले भारतको सबैभन्दा ठूलो निजी कम्पनी 'रिलायन्स इन्डस्ट्रिज'ले आगामी दिनमा थप भेनेजुएलाको तेल खरिद गर्ने संकेत दिएका छन्। भारतसँगको फराकिलो व्यापार सम्झौता अन्तिम चरणमा पुगेको बताउँदै उनले भारत एक 'रिफाइनिङ सुपरपावर' भएको प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)