एनपीएल हेर्न ४०० रुपैयाँ, अनुमति नलिई उपभोक्तासँग पैसा असूल्दा सञ्चार मन्त्रालय के गर्दै छ ?
nepalpress.com · Tue Oct 27 06:56:13 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा पुगेर पहिलो खेल प्रत्यक्ष अवलोकन गरे । स्वदेशी लगानीमा फ्रेन्चाइज मोडेलबाट सञ्चालन भइरहेको नेपाली क्रिकेट प्रतियोगितालाई प्रधानमन्त्री स्वयं मैदानमा उपस्थित भएर प्रोत्साहन गरेको सन्देश यसले दिएको छ ।
तर, नेपालमै सञ्चालन भइरहेको एनपीएलका खेल नेपाली दर्शकले मोबाइल तथा अन्य उपकरणमा ओटीटी (ओभर द टप) प्लेटफर्ममार्फत हेर्न भने ४०० रुपैयाँ तिर्नुपर्ने बाध्यता पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)