‘ऊनको स्वीटर’ को कथा अझै सकिएको छैन, सिक्किमबाट प्रारम्भ भयो ‘कलेजी’ को छायाङ्कन
kalakarmi.com · Tue Oct 27 07:07:30 GMT 2026

काठमाडौं- गत वर्ष रिलिज भएको चर्चित नेपाली फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको फिल्म ‘कलेजी- ऊनको स्वीटर’ को छायाङ्कन प्रारम्भ भएको छ । निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायाङ्कन शुभारम्भ गरेका हुन् ।
निर्देशक चौहानले फिल्मको छायाङ्कन प्रारम्भ भएको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन प्रारम्भ गरिएको हो । सोमवार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)