जनकपुरको त्यो गोलीकाण्ड
nepalnews.com · Sat Jul 11 13:15:23 GMT 2026

११ चैत २०६२ मा माओवादीहरूले मिल्स एरियास्थित एभरेष्ट बैंक लुटेको खबर फैलियो। त्यसको केही समयपछि जनकपुर नगरपालिका- १४ स्थित मुजेलिया प्रहरी चौकीमा माओवादीले अपराह्न ५ बजेतिर आक्रमण गर्दा दुई जना प्रहरीको मृत्यु भएको थियो। घटनाका केही घाइते प्रहरीलाई जनकपुर अञ्चल अस्पताल पुर्याइएको थियो। जिपमा सवार माओवादीहरूले त्यो भीषण आक्रमणपश्चात् हातहतियारसमेत लुटेका थिए।
साँझ अचानक गोली चलेको आवाज आउँछ। गाडीमा प्रहरीको जत्था मात्तेको हात्ती जस्तै जनकचोक (जनकपुर)मा बाटोभरि उद्दण्डतासाथ गोली प्रहार गर्दै अघि बढ्छ। सधैँ भिडभाड हुने जनकचोक, रामचोक र शिवचोकमा एकैसाथ अफरातफरी सुरु हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)