मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

न्यूजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

barnanmedia.com · Mon Nov 17 20:15:01 GMT 2025

न्यूजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ ।

आङ्कडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ । त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि भएको छ । दूध १३.५ प्रतिशत, तत्काल पिउन मिल्ने कफी २५.५ प्रतिशत, चीज ३०.१ प्रतिशत र ताजा अण्डा १८.५ प्रतिशतले महँगो भएको तथ्याङ्कमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)