आक्रमण रोक्न साउदी राजकुमारले हुथीलाई दिए एक अर्ब डलरको अफर
bishowkhabar.com · Tue Oct 27 07:24:01 GMT 2026

काठमाडौं– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि रकम हस्तान्तरण भएको पुष्टि भएको छैन ।
रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका थिए । एक कूटनीतिक स्रोतले उनी चढेको हर्क्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)