राधास्वामी होल्डिङ सेन्टरमा जेनजी अभियन्तामाथि प्रहरी दमन, माजिद अन्सारी घाइते
nepalpress.com · Sat Jul 11 13:27:50 GMT 2026

काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको छ । प्रहरीको कूटपिट तथा धरपकडबाट माजिद अन्सारी घाइते नै भएका छन् ।
अन्सारी अहिले कीर्तिपुर अस्पतालमा भर्ना भएका छन् । उनको भिडियो एक्स रे लिनेदेखि अन्य स्वास्थ्य परीक्षाणको काम भइरहेको छ । होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू डुबानमा परेपछि जेनजी अभियान्ताहरु त्यहाँ पुगेका थिए । तर, होल्डिङ सेन्टरभित्र छिर्न खोज्दा प्रहरीले नदिएपछि अभियान्ताहरुले विरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)