बुद्धनगरका अश्विन राउतको उपचारकै क्रममा निधन
barnanmedia.com · Sat Jul 11 13:28:09 GMT 2026

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो र उपचारका क्रममा उनलाई बचाउन नसकिएको हो।
प्रहरीका अनुसार राउतले शनिबार बिहान करिब ६:१५ बजे आफ्नै घरको भान्सामा गएर शरीरमा ज्वलनशील पदार्थ खन्याई आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार घटनाअघि उनको परिवारभित्र विवाद भएको र त्यसपछि उनले यस्तो कदम चालेको हुन सक्ने प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ