‘नेतालाई एयरपोर्टमा स्वागत गर्ने भीआईपी संस्कृति देख्दा जनतालाई दिक्क लाग्छ, त्यो बदल्नुपर्छ’
ratopati.com · Tue Oct 27 07:34:54 GMT 2026

पोखरा । सोमबार पोखरा विमानस्थल ओर्लिँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई स्वागत गर्न नेता–कार्यकर्ताको भीड थियो । हात–हातमा खादा, माला र फूलका गुच्छा बोकेका कार्यकर्ताको ताँती र दुई दर्जनभन्दा बढी गाडीको लस्करसहित उनलाई पोखरामा भव्य स्वागत गरियो । उनी त्यहाँबाट स्याङ्जा लागे । विमानस्थलमा त्यस्तो तामझामसहित इन्ट्री गरेका थापाले मंगलबार पोखराकै एक कार्यक्रमबाट आफ्नै स्वागतमा देखिएको भीआईपी संस्कृति अन्त्य गर्न आग्रह गरे ।
उनी सोमबार स्याङ्जाका विभिन्न कार्यक्रम सकेर मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागी भए । त्यही कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको तडकभडकपूर्ण शैलीले जनतामा वितृष्णा जगाएको बताए । ‘एयरपोर्टमा नेता आउँदै गर्दाखेरि लाइन लागेर जाने, खादा लाएर जाने, माला लिएर जाने, हिजो कार्यक्रममा जाँदै गर्दा मान्छेलाई हेर्दा पनि दिक्क लाग्छ होला नि,’ उनले भने, ‘एकजनाले बाटोमा बसेर गन्दै हुनुहुन्थ्यो, २१, २२, २३... भनेर । गनेको के भन्दा गाडी ! साथीभाइ आउनुभएको छ, सबैजना गएका छन्, तर त्यो देख्दै गर्दाखेरि मान्छेलाई दिक्क लाग्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)