चौँरीका ३६८ वटा पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
onlinekhabar.com · Wed Jun 10 08:43:04 GMT 2026

२७ जेठ, सङ्खुवासभा । मकालु गाउँपालिका–३ हेदाङ्नामा ३६८ वटा चाैँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याएका ती चौँरीका पुच्छरको कुल मूल्य पाँच लाख ५० हजार मूल्य बराबर हुन आउने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेपाल प्रहरी
भन्सार विभाग