कोशी प्रदेशले ल्याउँदै चालु आव भन्दा दुई अर्ब बढीको बजेट
annapurnapost.com · Wed Jun 10 08:42:27 GMT 2026

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि चालु आर्थिक बर्षभन्दा करिव २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए ।
उनले प्रदेशप्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोहि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
कोसी प्रदेश