राष्ट्रिय मुक्ति पार्टीले औँल्यायो चुनावमा हार्नुको पाँच कारण
barnanmedia.com · Wed Jun 10 08:43:56 GMT 2026

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले हालै सम्पन्न निर्वाचनको परिणामलाई आत्मसमीक्षाको महत्त्वपूर्ण अवसरको रूपमा ग्रहण गरेको छ । असार २२ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनमा पार्टी पराजित भए पनि पार्टीले उठाएका वैचारिक मुद्दाहरू राष्ट्रिय बहसको विषय बन्न सफल भएको निष्कर्ष निकालेको छ ।
पार्टीले उठाएको बहसकै केही विन्दुलाई जनभाषामा प्रस्तुत गरेर प्रधानमन्त्री बालेन शाहले जनकपुरमा बोलेको र त्यसबाट अत्यधिक राजनीतिक लाभ उठाएको भन्दै पार्टीले यसलाई आफ्नो वैचारिक विजयको रूपमा व्याख्या गरेको छ । बैठकले निर्वाचनमा व्यहोर्नु परेको पराजयका पछाडि मुख्य पाँचवटा कारणहरू औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)