मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा महानगरमा ६ प्रकारका सीपमूलक तालिमका लागि आवेदन आव्हान

nepalsamaya.com · Tue Oct 27 07:36:35 GMT 2026

पोखरा- पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रमअनुसार ६ प्रकारका सीप विकास तालिम सञ्चालन गर्ने भएको छ।

महानगरको व्यवसाय प्रवर्द्धन केन्द्रले इच्छुक नेपाली नागरिकलाई तालिममा सहभागी हुन आवेदन दिन आग्रह गर्दै सूचना सार्वजनिक गरेको छ। तालिमका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)