एनपीएल–३ : पहिलो अर्धशतक मलानको नाममा
baahrakhari.com · Tue Oct 27 07:38:00 GMT 2026
काठमाडौं । चितवन राइनोजका ओपनर डेविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनका मलानले विराटनगर किंग्सविरुद्ध ४१ बलमा ५० रन पूरा गरेका हुन् । योसँगै उनी प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गर्ने ब्याटर बने । अधर्शतक प्रहार गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)