आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेट्न बर्न अस्पताल पुगे गगन थापा
nepalpress.com · Sat Jul 11 13:39:49 GMT 2026

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक छ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापा उपचाररत विवेक मण्डललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)