कर घटे पनि असोजमा पुँजीगत लाभकर दोब्बर, तीन महिनामा लगानीकर्ताले बुझाए १ अर्ब ७५ करोड
aarthiknews.com

काठमाडौं । सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाइए पनि चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा कर संकलन दोब्बरभन्दा बढी भएको छ । सेयर कारोबार गर्ने लगानीकर्ताले चालु आवको असोजमा ४९ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा १०४.६७ प्रतिशत बढी हो । गत वर्षको असोजमा लगानीकर्ताले २४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए ।
सरकारले असोजदेखि व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकरको दर घटाएको थियो । करको दर घट्दा पनि संकलन बढ्नुमा कारोबारका लागि उपलब्ध दिनको संख्या, सेयरको मूल्यमा आएको वृद्धि र अघिल्लो वर्षको तुलनामा बजारको अवस्था फरक हुनु प्रमुख कारण देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)