चितवन राइनोजका डेविड मलानको ब्याटबाट एनपीएल-३ को पहिलो अर्धशतक
sutranews.com · Tue Oct 27 07:49:52 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ओपनर डेविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गरिरहेका मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन् । अर्धशतक पूरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । उनी ५० बलमा ७० रन जोडेर आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)