भारतमा 'अर्नब' चक्रवातको प्रभाव: ओडिसामा भारी वर्षा, झारखण्डमा सतर्कता अपनाउन निर्देशन
lokaantar.com

चक्रवाती तुफान 'अर्नब' थप तीव्र बन्दै अघि बढेसँगै प्रभावस्वरूप भारतको ओडिसा राज्यका विभिन्न भागमा तीव्र हावाहुरीसहित भारी वर्षा शुरू भएको छ। प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरेको छ।
भारतीय मौसम विभाग (आईएमडी) ले ओडिसाका ६ वटा प्रमुख जिल्लाहरू पुरी, गजपति, गंजाम, रायगढा, कोरापुट र मलकानगिरिमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याउँदै 'ओरेन्ज अलर्ट' जारी गरेको छ। यी क्षेत्रहरूमा १२ देखि २० सेन्टिमिटरसम्म भारी वर्षा हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)