युरोपमा शताब्दीकै ठूलो बाढी
annapurnapost.com · Fri Jul 16 06:31:00 GMT 2021
बर्लिन : पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्।
देशको पश्चिमी र दक्षिणी भागमा आएका बाढीमा परी जर्मनीमा ७० जना बेपत्ता रहेका र कयौं घरहरू डुबानमा परेका त्यहाँको प्रहरीले जानकारी दिएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा ४० जनाको मृत्यु भएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको छ। लग्जम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीले नराम्रोसँग प्रभावित भएका छन्। जर्मनीका केही स्थानहरूमा एक शताब्दीको अन्तरालमा यतिको ठूलो वर्षा नभएको जर्मन मौसम सेवाका प्रवक्ता एन्ड्रिस फ्रेड्रिचले बताए। उनले भने, ‘कतिपय ठाउँमा पहिले पर्नेभन्दा दोब्बर मात्रामा पानी परेका कारण आएको बाढीले ठूला भवनलाई पनि बगाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)