बराहपाखोबाट पहिरो खस्दा सडक अवरुद्ध
gorkhapatraonline.com · Tue Oct 27 07:54:35 GMT 2026

म्याग्दीको बेनी नगरपालिका –७ स्थित बराहपाखोबाट पहिरो खस्दा बेनी–अर्थुङ्गे र बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पछाडिपट्टि रहेको बराह पाखोबाट मंगलबार बिहान पहिरो खस्दा रूख समेत ढलेर सडकमा खसेपछि यातायात अवरुद्ध भएको हो ।
पहिरोले बेनी खानेपानी संस्थाको कार्यालयमा समेत सामान्य क्षति पुगेको छ । बेनी नगरपालिका –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले सडकमा खसेको रूख र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)