मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खसीको मासु भन्दै बाख्राको मासु बिक्री- मान्मा बजार अनुगमनमा खुल्यो यस्तो तथ्य

kalakarmi.com · Tue Oct 27 07:55:45 GMT 2026

कालीकोट- कालीकोटको सदरमुकाम मान्मा बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलवार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको हो ।

अनुगमनका क्रममा बजारका अधिकांश मासु पसलहरू मापदण्डविपरीत, अव्यवस्थित र दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोट, उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार क्षेत्रका छ वटा मासु पसलको स्थलगत निरीक्षण गरिएकोमा मासु पसलहरूको सरसफाइ, मासुको गुणस्तर, भण्डारण अवस्था तथा मूल्यसूची नराखेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)