कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल
onlinekhabar.com · Tue Oct 27 08:00:50 GMT 2026
१० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल लिग आयोजना गर्ने अधिकार आफूसँग मात्र सुरक्षित रहेको जिकिर गरिएको छ। ‘कुनै पनि अन्य लिग गठनको सम्बन्धमा एनएसएलले स्वीकृति वा अधिकार प्रदान गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)