मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिमीमा पशु पाल्न समस्या हुने

gorkhapatraonline.com · Tue Oct 27 08:08:56 GMT 2026

हिमपातबाट जसोतसो बचाउन सफल भए पनि नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीमा यसवर्ष पशु पाल्न समस्या हुने भएको छ ।

असोज १० र ११ गते परेको हिमपातले वनमा भएको घाँस सबै हिउँले पोलेको कारण घाँसै नहुने भएपछि हिउँदको ६ महिना पशु पाल्न समस्या हुने देखिएको हो । वनमा र जग्गाको छेउछाउमा भएको घाँस सबै हिउँले पोलेर नष्ट गरेपछि यसवर्ष हिउँदका लागि घाँस काट्न नपाइएको कारण पशु पाल्न समस्या हुने देखिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)