चलचित्र 'ऊनको स्वीटर'को सिक्वेल बन्दै, 'कलेजी'को छायाङ्कन सिक्किमबाट सुरु
nepalviews.com · Tue Oct 27 08:07:17 GMT 2026

काठमाडौं । गत वर्ष रिलिज भएको चर्चित नेपाली चलचित्र 'ऊनको स्वीटर'को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्र 'कलेजी - ऊनको स्वीटर'को छायाङ्कन सुरु भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन्।
निर्देशक चौहानले चलचित्रको छायाङ्कन सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो। सोमबार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)