भोटेकोशी बाढीबाट ४१ सय ५१ घर प्रभावित भएको अन्तिम तथ्यांक, ३१ सय ९४ प्रयोग गर्नै नसकिने
corporatenepal.com · Tue Oct 27 08:13:15 GMT 2026

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीबाट चार हजार एक सय ५१ घर प्रभावित भएको अन्तिम तथ्यांक निस्किएको छ । राष्ट्रिय योजना आयोगले गरेको घर परिवार र प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनले सो संख्यामा घरहरू प्रभावित भएको देखाएको हो ।
यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अध्ययनले सात हजार पाँच सय ७० घर बाढीबाट प्रभावित भएको देखाएको थियो । तर, आयोगले गरेको सर्वेक्षणले त्यो भन्दा ३४ सय १९ कम अर्थात् ४१ सय ५१ घर बाढीबाट प्रभावित भएको देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)