मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकै महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति, युएई पहिलो रोजाइ

arthasansar.com · Tue Oct 27 08:19:37 GMT 2026

रोजगारीको खोजीमा विदेशिने नेपाली श्रमिकहरूको संख्या निरन्तर उच्च रहँदै आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको असोज महिना (सेप्टेम्बर १७ देखि अक्टोबर १७) को पछिल्लो प्रतिवेदन अनुसार एक महिनाको अवधिमा ७३ हजार ७ सय ६५ जना नेपाली नागरिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये ६३ हजार ३ सय ७७ जना पुरुष (८५.९१ प्रतिशत) र १० हजार ३ सय ८८ जना महिला (१४.०८ प्रतिशत) रहेका छन्। पहिलोपटक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने (पुनः श्रम स्वीकृति बाहेक) को संख्या ४३ हजार ५ सय ५९ रहेको छ, जसमा ३६ हजार ५ सय ५७ पुरुष र ७ हजार २ जना महिला छन्। त्यस्तै, ३० हजार २ सय ६ जना (पुरुष २६ हजार ८ सय २० र महिला ३ हजार ३ सय ८६) ले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) लिएर पुरानै गन्तव्यमा फर्किएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)