पर्यटनमन्त्री पौडेलको तस्बिर जलाएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका संयोजक खान पक्राउ
bishowkhabar.com · Tue Oct 27 08:24:24 GMT 2026

काठमाडौं– सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेलगत्तै लुम्बिनी अशान्त बन्न थालेको छ । स्थानीयले दैनिक प्रदर्शन गरिरहेका छन् । राजधानी काठमाडौंमा समेत विरोध प्रदर्शन भइरहेको छ ।
नेपाली नागरिकता विवादमा परेको र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको भन्दै यसको विरोध भइरहेको छ । आनी नियुक्तिको विरोध गर्दै लुम्बिनी बचाउ महाअभियानले उनलाई लुम्बिनी प्रवेशमा निषेधको घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)