मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग

gorkhapatraonline.com · Tue Oct 27 08:30:45 GMT 2026

ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग गरेको छ । हाल उपचाररत रहेका मिर्गौला, क्यान्सरका रोगी र मेरुदण्ड भाँचिएका एक विरामीलाई समाजले आर्थिक सहयोग गरेको हो ।

मिर्गौला र क्यान्सरका रोगी साथै मेरुदण्ड भाँचिएर उपचाररत रहेका विरामीसमेत तीन जनालाई युवा समाजले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक सहयोग प्राप्त गर्नेमा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिर्गौला रोगी मिङमाखाङ्डु शेर्पा र क्यान्सर रोगी मिङमाछेम्वी शेर्पा रहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)