न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न सिड्नी विश्वविद्यालयमा प्राध्यापक नियुक्त
clickmandu.com · Tue Oct 27 08:32:50 GMT 2026

एजेन्सी । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियास्थित प्रतिष्ठित सिड्नी विश्वविद्यालयमा ‘प्रोफेसर अफ प्राक्टिस’ का रूपमा नियुक्त भएकी छन् । विश्वविद्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्डर्न अक्टोबर २०२६ देखि विश्वविद्यालयमा आबद्ध हुने जानकारी दिएको हो ।
नयाँ जिम्मेवारीअन्तर्गत उनले विश्वविद्यालयमा अतिथि व्याख्यान (गेस्ट लेक्चर्स), मास्टरक्लास सञ्चालन तथा विद्यार्थीहरूलाई नेतृत्व विकाससम्बन्धी मेन्टरिङ प्रदान गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)