पोखरा कार्यपालिका चुनाव : एमाले-कांग्रेसलाई फ्लोर क्रसको डर, जनप्रतिनिधिलाई रिसोर्टमा राखियो
farakdhar.com · Wed Jun 01 00:42:27 GMT 2022
पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको हो । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिने छन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगर सभा सदस्यहरूले मतदान गर्नेछन् ।
३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन । उनीहरूले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)