बाजुरा–हुम्ला विवाद : लाम्पाटामा संयुक्त सुरक्षा बेस
shilapatra.com · Wed Jun 10 08:51:00 GMT 2026

बाजुराबाट सयुक्त सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लाम्पाटा प्रस्थान गरेको छ । सशस्त्र प्रहरीको २१ र नेपाल प्रहरीको सात जनाको टोली बुधबार जिल्ला सदरमुकाम मार्तडीबाट लाम्पाटा प्रस्थान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेस्वरी बोहराका अनुसार सशस्त्र प्रहरीको कमाण्ड सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलले गरेका छन् भने नेपाल प्रहरीतर्फ टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षक मिठ्ठुबहादुर बोहराले गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)