प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक
gorkhapatraonline.com · Tue Oct 27 08:43:28 GMT 2026

नजिकिँदै गरेका तिहार र छठलगायतका पर्वमा प्लास्टिकजन्य फूलगुच्छा तथा फूलमालाको प्रयोग बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न गाउँपालिकाले यस्तो कदम चालेको जनाएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने सयपत्री, गोदावरी र मखमलीजस्ता प्राकृतिक फूल तथा तिनबाट बनाइएका मालाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग, भण्डारण र बिक्री वितरणलाई नियन्त्रण गरी स्थानीय उत्पादनको प्रयोग बढाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले दीपावलीलाई मर्यादित र मौलिक संस्कृतिमा आधारित भएर मनाउन आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)