सुकुम्वासी प्रकरणमा प्रहरी दमनको अनेरास्ववियुद्वारा विरोध, निष्पक्ष छानबिनको माग
nepalpress.com · Sat Jul 11 14:41:53 GMT 2026

काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा राखिएका बाढीपीडित सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियानका अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतमाथि भएको कुटपिट, धरपकड तथा सञ्चारकर्मी र अधिकारकर्मीमाथि भएको प्रहरी हस्तक्षेपप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा नागरिकको अवस्था बुझ्न जाने व्यक्ति, सञ्चारकर्मी तथा मानवअधिकारकर्मीमाथि बल प्रयोग गर्नु नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)