मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

ratopati.com · Tue Oct 27 08:52:15 GMT 2026

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ।

प्रतिनिधि सभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ । सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदैछ । अहिले रिपब्लिकनसँग ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट छन् । सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)