मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको रौनकसँगै जावलाखेलमा फूलको मेला, के-के छन् आकर्षण ?

kalakarmi.com · Tue Oct 27 08:53:24 GMT 2026

काठमाडौं- आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुन लागेको जानकारी दिएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ जावलाखेल खेल मैदानमा आयोजना हुने प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्यसमेत राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)