मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको कुर्सीबाट दलको आसनमा : अभिभावकत्व कि राजनीतिक महत्त्वाकांक्षा

himalpress.com · Tue Oct 27 08:58:25 GMT 2026

काठमाडौँ- गत असोज २२ मा एउटा तस्बिर सार्वजनिक भयो। एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको शपथ गराएको तस्बिर थियो त्यो। कुनै बेला भण्डारीले ओलीलाई प्रधानमन्त्रीका रूपमा शपथ गराएकी थिइन्। समयले भूमिका उल्ट्याइदियो- हिजो राष्ट्राध्यक्षका रूपमा प्रधानमन्त्रीलाई शपथ गराउने व्यक्ति आज पार्टीको पदमा बस्न ओलीबाटै शपथ लिँदै थिइन्।

यो तस्बिर दुई नेताबीचको राजनीतिक सम्बन्धको दृश्य मात्र थिएन। यसले गणतन्त्रले राष्ट्रपतीय संस्थाबाट गरेको अपेक्षा र त्यसको अभ्यासबीचको विरोधाभास पनि उजागर गर्‍यो। दुई कार्यकाल राष्ट्रपति भएर झन्डै आठ वर्ष देशको सर्वोच्च संवैधानिक पदमा रहेकी भण्डारीको राजनीतिक यात्रा पदावधि सकिएपछि रोकिएन। उनी एमालेको वरिष्ठ नेतृत्वमा फर्किइन्। उनको पुनरागमनले पार्टीभित्रको शक्ति समीकरण मात्र होइन, पूर्वराष्ट्रपतिको मर्यादा र गणतान्त्रिक संस्थाको निष्पक्षताबारे पनि बहस जन्माएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)