टाढिएका मतदातालाई पुनः पार्टीमा जोड्न विशेष अभियान चलाउँछौँ : गगन थापा
baahrakhari.com · Tue Oct 27 08:57:39 GMT 2026

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हराएका मतदाता खोज्न र पार्टीलाई जनतासँग जोड्न कांग्रेस अब गाउँ पस्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकीले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले अघिल्लो निर्वाचनमा कांग्रेसको मत घटेको भन्दै मतदातालाई पार्टीमै फर्काउन पार्टी जनतासम्म पुग्नुपर्ने बताए ।
पार्टीले आगामी मंसिर महिनाभर देशव्यापी रूपमा एकमहिने विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । “विगतका निर्वाचन वा विभिन्न कारणले कांग्रेस छाडेका र टाढिएका मतदाताहरूलाई पुनः पार्टीमा जोड्नु नै यो अभियानको मुख्य लक्ष्य हो । हामी गाउँ–गाउँ पुगेर ती आम मतदाताका प्रश्न, असन्तुष्टि र गुनासाहरू प्रत्यक्ष सुन्नेछौँ र तिनलाई सम्बोधन गर्दै अगाडि बढ्नेछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)