मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माइक्रोसफ्टका ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव, एक वर्षसम्मको तलब एकमुष्ट दिने तयारी

aarthiknews.com

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव ल्याएको छ। कम्पनीले प्रस्ताव स्वीकार गर्ने योग्य कर्मचारीलाई उनीहरूको पद तथा ग्रेडअनुसार एक वर्षसम्मको तलब एकमुष्ट उपलब्ध गराउने तयारी गरेको छ।

कृत्रिम बौद्धिकता (एआई) र प्रविधिगत प्रणालीको विकासमा बढिरहेको खर्च व्यवस्थापन गर्न कम्पनीले कर्मचारी संख्या घटाउने रणनीति अघि सारेको विवरणमा उल्लेख छ। माइक्रोसफ्टले कर्मचारीलाई स्वेच्छिक रूपमा बाहिरिने अवसर दिएर आफ्नो सञ्चालन खर्च कम गर्ने प्रयास गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)