कीर्तिपुर होल्डिङ सेन्टरमा पक्राउ परेका २ जना छुटे, माजिदलाई थप उपचार निम्ति टिचिङ लगियो
setopati.com · Sat Jul 11 15:04:23 GMT 2026

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियानीमध्ये दुई जना छुटेका छन्। त्यसै क्रममा प्रहरीको कुटपिटबाट घाइते भएका एक जनालाई थप उपचार निम्ति टिचिङ अस्पताल लगिएको छ।
गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। उनीहरूको त्यही अवस्था बुझ्न गएका जेनजी अभियानीहरूलाई शनिबार दिउँसो प्रहरीले धरपकड गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)