शाओमीले नेपालमा पाँचौं मी स्टोर सञ्चालनमा ल्याउँदै
nepalkhabar.com · Wed Aug 25 16:29:22 GMT 2021
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बुधबार नेपालमा आफ्नो पाँचौं मी स्टोर सार्वजनिक गरेको छ। कलंकीमा रहेको २०० वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने जनाएको छ। ब्रान्डले यही त्रैमासिकको अन्तसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो। देशमा हाम्रो ५ औँ मी स्टोर सँग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ। हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)