नेपाल–साइप्रस सम्बन्ध सुदृढ बनाउन उच्च शिक्षामा सहकार्य विस्तार गरिने
himalpress.com · Tue Oct 27 09:15:09 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)