मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले राष्ट्रिय भेला तयारी तीव्र, ३ हजार १६४ जना सहभागी हुने

kendrabindu.com · Tue Oct 27 09:22:35 GMT 2026

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। तयारीका क्रममा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको हो।

बैठकमा उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउन पनि राष्ट्रिय भेला महत्वपूर्ण हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)