व्यावसायिक केरा खेतीः वार्षिक एघार लाख आम्दानी
gorkhapatraonline.com · Tue Oct 27 08:23:12 GMT 2026

स्याङ्जाको चापाकोट- १०, आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
एक रोपनी क्षेत्रफलमा १०० केराको बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाउनुभएको छ। कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ। “व्यावसायको क्रममा मैले धेरै क्षेत्रमा हात हाले” उहाँले भन्नुभयो, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)