नेपाली सेनाले सार्वजनिक गर्यो र्याप गीत ‘रेन्जर’
canadanepal.com · Sun May 17 13:31:11 GMT 2026

काठमाडौँ - नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘रेन्जर’ बोलको र्याप गीत सार्वजनिक गरेको छ । गीतमा नेपाली सेनाका गतिविधि तथा विशेष तालिम प्राप्त लडाकु समूह ‘रेन्जर’को भूमिका र परिचयलाई केन्द्रमा राखिएको छ ।
तीन दिनअघि सार्वजनिक गरिएको उक्त गीतले हालसम्म उल्लेख्य दर्शक प्राप्त गरेको छ । सार्वजनिक विवरणअनुसार गीतलाई एक लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)