मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

महँगी र बेरोजगारीले तात्यो उत्तराखण्ड, विधानसभा घेराउ गर्न खोज्दा प्रहरीको हस्तक्षेप

kalakarmi.com · Tue Oct 27 09:37:53 GMT 2026

नयाँ दिल्ली- भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन प्रारम्भ भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो ।

मंगलवार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उत्तराखण्ड प्रदेश कांग्रेस कमिटीको आह्वानमा भएको प्रदर्शनको नेतृत्व प्रदेश कांग्रेस अध्यक्ष गणेश गोदियालले गरेका थिए । कांग्रेसले महँगी, बेरोजगारी, भ्रष्टाचार, विकाससम्बन्धी समस्या र राज्य सरकारका नीतिलगायत १४ वटा जनसरोकारका मुद्दा उठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)